आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप १ शाखा संचालनमा

मंगलबार, २९ फागुन २०७४, १७ : १०
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप १ शाखा संचालनमा

काठमाडौं  । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाण्डौंकोे टेकू स्थित अम्बे कम्पलेक्समा मंगलबारदेखि संचालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन्  । उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बीमा समितिका चापागाईले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिए ।
यस्तै उनले  बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब
दिए ।
सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष ढकालले  बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।


यसैगरी प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७४।०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी ८५ करोड त्यसैगरी खुद नाफा ४ करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस