ग्लोबल आइएमई बैंक ७३ जिल्लामा, मुस्ताङको घरपझोङमा पनि नयाँ शाखा

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १८ : ५६
ग्लोबल आइएमई बैंक ७३ जिल्लामा, मुस्ताङको घरपझोङमा पनि नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ र बैंक ७३ जिल्लासम्म पुग्न सफल भएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस