चितवनमा हालसम्म कोरोनाबाट ८० जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, १७ : ००
चितवनमा हालसम्म कोरोनाबाट ८० जनाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत भरतपुर–१० का ४८ वर्षीय पुरूषको कोभिड निमोनियाका कारणले मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

योसहित चितवनमा हालसम्म ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार जिल्लामा जम्मा संक्रमितको संख्या ५ हजार २४९ र निको हुनेको संख्या ३ हजार ८१० पुगेको छ । 


 

प्रतिक्रिया दिनुहोस