चितवनमा चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, १४ : ४८
चितवनमा चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ

चितवन । चितवनमा चार दिनमा ४६ जना फरार  अभियुक्तहरु पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ४६ जना व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरुष र एक  महिला गरी ४६ जना फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले  जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको  प्रवक्ता थापाले बताए । जसबाट ७ वर्ष ९ महिना २६ दिन कैद र रु चार लाख आठ हजार  ३११ रकम असुल उपर भएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस