लक्ष्मी पूजाको समयमा भार प्रेषण केन्द्रमा पुगे उर्जामन्त्री

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, १९ : १४
लक्ष्मी पूजाको समयमा भार प्रेषण केन्द्रमा पुगे उर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण् केन्द्र (एलडिसी) पुगेका छन् । 

देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन् ।

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ । 

मन्त्री पुन राति अबेरसम्म भार प्रेषण केन्द्रमै रहने कार्यक्रम छ । मन्त्री पुनलाई भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस