वरण्डाभार संरक्षित वन परिषदको अध्यक्षमा टंकप्रसाद न्यौपाने निर्वाचित

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०७७, ०८ : ५९
वरण्डाभार संरक्षित वन परिषदको अध्यक्षमा टंकप्रसाद न्यौपाने निर्वाचित

चितवन । बरण्डाभार संरक्षित बन परिषद् जिल्ला कार्य समिती चितवनको दोस्रो अधिवेशनबाट अध्यक्षमा टंकप्रसाद न्यौपाने निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चुनिएको हो ।

समितिको उपाध्यक्षमा मच्छेन्द्र पाण्डे, पुस्तक गौतम, दिपक थापा चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा केशव थापा चुनिएका छन् ।  अध्यक्ष पदमा निर्वाचित अध्यक्ष न्यौपाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नम्बर १ का इन्चार्ज समेत रहेका छन् । नबनिर्बाचित कार्य समितीलाई  विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

वरण्डाभार संरक्षित वन परिषदले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र ईच्छाकामना गाँउपालिका भित्र रहेका १७ वटा सामुदायिक वनहरु बाहिर रहेका करिब १० हजार हेक्टर क्षेत्रफलमा विभिन्न संरक्षणका कामहरु गर्दै आईरहेको छ ।

परिषदले यि क्षेत्रमा पर्यापर्यटनको योजना, तालतलैया निर्माण, पर्यटन क्षेत्रका लागि आवश्यक योजना, दुर्लभ वन्यजन्तु तथा यिनको बासस्थानको संरक्षणमा विशेष योजना बनाएर कामहरु गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस