नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, कुल १ लाख ७९ हजार ६१४ संक्रमित

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १७ : ४६
नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, कुल १ लाख ७९ हजार ६१४ संक्रमित

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । नेपालमा हाल ३७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ४ पुगेको छ ।