प्रमबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १२ : ०६
प्रमबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस