काठमाडौं उपत्यकामा १६३० जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, १७ : ३१
काठमाडौं उपत्यकामा १६३० जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा कोरोना संक्रमण देखिएको हो ।