वेवारिसे पेस्तोल बरामद

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०७७, १६ : ५६
वेवारिसे पेस्तोल बरामद

सांकेतिक तस्विर

बर्दिया । गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस