काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं भत्ता कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई प्रदान गरेकी छिन् ।
यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिकसमेत कोषमा प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै एमाले
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी
फागुपूर्णिमामा मौलिकतालाई जोगाउन सबै लाग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी