काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैं आउन अब दुई साता बाँकी छ । एक सातापछि घटस्थापाना शुरु हुन्छ । विगतमा दशैं नजिकिएसँगै घरजानेहरुको चहलपहल बढी हुन्थ्यो । बसपार्कमा टिकट बुकिङ गर्न लामो लाइन बस्नुपथ्र्यो । तर यस वर्ष कोभिड १९ संक्रमणका कारण देशभरका बसपार्क सुनसान छन् । यात्रु नभएपछि धनगढी बसपार्क पनि सुनसान छ ।
कोभिड १९ संक्रमण जोखिमको कारण यस वर्ष दशैंका लागि आफ्नो घर जाने यात्रुहरु निकै कम छन् । विगतमा दशैं शुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरु भइसक्थ्यो । तर यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण बसपार्क क्षेत्र सुनसान छ । यात्रा गर्नेहरु दशैंका लागि भन्दा पनि काम विशेषले मात्रै यात्रा गर्नुपरेको बताउँछन् ।
धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरुको चाप नभएको भन्दै दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ । अघिल्लो वर्षहरुमा दशैं शुरु हुनु भन्दा करिब एक महिना अघि देखि नै टिकट बुकिङ खुला भइसक्थ्यो । तर यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको धनगढी बसपार्कका कार्यालय प्रमुख देविलाल जोशी बताउँछन् ।
काम विशेष बाहेक यात्रा गर्ने यात्रु नहुँदा अहिले सञ्चालनमा आएका सवारी साधनले पनि प्रयाप्त यात्रु पाउन सकेका छैनन् । दशैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु यात्रु नै नहुने स्थिति आएपछि भने निराश देखिन्छन् । त्यसैले यातायात क्षेत्र खुलेपनि अधिकांश सवारीसाधन बसपार्कमै थन्किएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ असोज २०७७, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो