अबदेखि नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, १८ : ३३
अबदेखि नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

काठमाडौं । नेपाल प्रहरीको पोसाक कसैलाई प्रयोग गर्नैपर्ने भएमा स्वीकृति लिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएकाले अबदेखि यस्तो नगर्न प्रहरी प्रधान कार्यालयले भनेको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन आग्रह गरेका छन् ।

कडायतले प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस