कालिमाटी तरकारी बजार विकास समितिको अध्यक्षमा डा. योगेन्द्र कुमार कार्की

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १२ : ३२
कालिमाटी तरकारी बजार विकास समितिको अध्यक्षमा डा. योगेन्द्र कुमार कार्की

काठमाडौं । सरकारले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका सहसचिचव डा. योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

त्यस्तै समितिको कार्यकारीमा विनोदकुमार भट्टराईलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस