गुण्डा नाइके बले सापकोटाको गैरकानुनी सम्पत्ति, छानबिन होला त हत्पति !

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १० : २७
गुण्डा नाइके बले सापकोटाको गैरकानुनी सम्पत्ति, छानबिन होला त हत्पति !

काठमाडौं ।  गुण्डा नाइके बले सापकोटा (काभ्रे) को अवैध आम्दानी बीस करोडको मुद्दा बिशेष अदालतमा दर्ता गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि कोरोना फैलिएपछि अब केही समय गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अरु मुद्दा थाति हुने पक्का छ ।

गायिका आनी छोइङ डोल्माको हङकङबाट ल्याइएको १८ करोड भने यसअघि नै रिलिज भईसकेको छ । राष्ट्र बैंकले उक्त रकमको स्रोत नखुलेको भन्दै केही समय अड्काएको थियो । तर, विभिन्न नाममा ग्रिन सिग्नल पाएपछि रकम झिकी सकिएको बताइन्छ ।

उक्त रकम पाएपछि आनीले महाराजगञ्ज,नारायणगोपाल चोकमाथि अष्ट्रेलियन एम्बेसी नजिकै वेलनेस अस्पताल बसेको घर किनेकी हुन् । पैसा तिरेपछि बेलैमा घर खाली गर्न ढोकामा बडेमानको तालाबन्दी र ढुङ्गामुढा गर्नुपरेको थियो । उता, केही म्यानपावर ब्यवसायीको सम्पत्ति छानबीनमा प्रहरीहरु खटिएको तर तिनीहरूसँग खासै विज्ञता नभएकाले काम द्रुत गतिले अघि बढ्न नसकेको बताइन्छ । त्यसमा पनि अनुसन्धान अधिकृतहरूको छिटोछिटो सरुवाले अप्ठेरो पारेको छ ।

बिभागमा अहिलेका महानिर्देशक रूपनारायण भट्टराई धेरै पहिले मालपोत अधिकृत हुँदा दीप बस्न्यातसँग काम गरेको नाताले पनि उनीहरूको मुद्दा फितलो र कमजोर बनाउने प्रपञ्चमा अनुसन्धानलाई प्रभावित बनाइएको आशंका गर्नेहरू प्रशस्त छन् ।

प्रायः मालपोत र भन्सार कार्यालय चाहार्दै माथि पुगेका इलामेली भट्टराई स्वयंको सम्पत्ति छानबीन हुनुपर्ने नेकपानिकट निजामती कर्मचारीहरू नै बताउँछन् । सहसचिव भएपछि यातायात व्यवस्था विभागको महानिर्देशक बनेर विवादमा आए । त्यसपछि राजश्व अनुसन्धान विभागको महानिर्देशक ताके । अहिले अरुको सम्पत्ति छानबीन गर्ने अड्डामा आफैं हाकिम छन् । 

को हुन् बलराम सापकोटा ?
काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन रोशी गाउँपालिकामा जन्मिएका सापकोटा स्कुल पढदा पढ्दै रोजगारीका लागि काठमाडौं छिरेका थिए । २०५३,०५४ तिर काठमाडौं छिरेका उनी ठमेल क्षेत्रमा रेष्टुरेन्टमा काम गर्थे , पछि उनी रेष्टुरेन्टमा सुरक्षा गार्ड हुँदै बाउन्सर बने र उनको सम्पर्क गुण्डा नाइकेहरूसंग बढ्न थाल्यो ।

उनलाइ धेरैले ‘बले’ भनेर चिन्ने गर्छन् । दरबारमार्गस्थित क्यासिनो अन्नपूर्ण छिरेपछि उनले ठमेल क्षेत्रका ब्यापारी तथा गुण्डाहरूको पैसा मिटरब्याजमा लगाएर सम्पति जोडेर रातारात धनाड्य बनेको उनलाइ सहकर्मीहरू बताउँछन् । सापकोटाले क्यासिनोमा छिर्ने नेपाली ग्रहाक मात्र हैन भारतिय जुवाडेलाइ समेत ब्याजमा पैसा लगाउँथे । व्याजसहित रकम फिर्ता नहुञ्जेल उनले क्यासिनो बाहिर समेत निस्कन दिदैनथे । ब्याजी पैसा नअशुलेसम्म उनले ठूला जुवाडेलाइ समेत आफ्नो कब्जामै राख्न सकेका थिए ।

उनको यस्तो धन्दामा कतिपय प्रहरीकै मिलेमतो समेत हुने गरेको आरोप छ । २०७० मा एसएसपी रमेश खरेल भेटन हनुमान ढोक पुगेका सापकोटालाइ उनले भेट समेत नदिइ अपराधीक गतिविधिमा संलग्न रहेको भन्दै परिसरबाटै नियन्त्रणमा लिएका थिए । २०७६ को तिहारमा महाराजगञ्जको मिनी क्यासिनोमा दुई करोड ६७ लाख सहित सापकोटासहित २५ जना पक्राउ परेका थिए । मिनी क्यासिनोका सञ्चालक उनै सापकोटा भएको प्रहरीले दाबी गरेको छ ।

उक्त जुवा खाल बाट ७ करोड बढि रकम बरामद भएपनि प्रहरीले साडे २ करोड मात्र देखाएको भन्दै प्रहरी भित्रै आलोचना गर्ने गरिन्छ । रापकोटा प्रधानमन्त्री केपी ओलीका विश्वाशीला ब्याक्ति हुन् । ओलीको जन्म दिनमा हेलिकोप्टर चार्टड गरेर केक समेत उनले पुर्याएका थिए । प्रधानमन्त्री लगायत नेकपाका प्रभावशाली नेताहरूको पूर्वी भागको भ्रमणको चाँजोपाँजो समेत मिलाउने सापकोटा सम्पती सुद्दिकरणले मुद्दा दायर गरेपछि फरार रहेको र सम्पर्कमा नआएको विभागले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस