कोरोना संक्रमणबाट चितवनमा थप एक बृद्धको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, ०८ : २८
कोरोना संक्रमणबाट चितवनमा थप एक बृद्धको मृत्यु

चितवन ।  चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस