काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकभरको मौसममा सामान्यदेखि आंशिक बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
मौसमविदहरुका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश १ का थोरै स्थानहरुमा हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बंगालको खाडीको उत्तर(पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसमविदले जनाएका छन् । यसका साथै मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० असोज २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसमः तराइमा हुस्सु र कुहिराेले हवाइ यातायात प्रभावित हुने