बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण हुने

शुक्रबार, ०८ मंसिर २०७४, १६ : ३२
बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण हुने

काठमाडौं । सरकारले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । शक्रवार बसेको मन्त्रीपरिषद बैठकले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो ।

चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने अघिल्लो सरकारको निर्णय खारेज गरेर सरकारले यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले जानकारी दिए ।

सरकारले आयोजना निर्माणका लागि आवश्यक लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। स्वर्णीम वाग्लेको नेतृत्वमा अर्थ सचिव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति नै बनाएको छ । मन्त्रीपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम ८ वर्ष भित्र पूरा गरिसक्ने लक्ष्य पनि लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस