चितवनका थप एकजना कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, ०९ : १३
चितवनका थप एकजना कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमितको चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान उपचारका क्रममा मृत्यु भएको हो । 

असोज १६ गते साँझ ६ बजे भर्ना भएका उनमाकोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो । अस्पतालले उपचारका सबै उपायहरु गर्दागर्दै विहान साढे ६ बजे उनको मृत्यु भएको जनाएको छ ।  चितवनमा हाल सम्म कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस