साना २० वामपन्थी दल सरकार विरुद्द एक ठाम

वामपन्थी भन्ने शब्द प्रतिनै वितृष्णा पैदा गराउने काममा सरकार लागेको गम्भीर आरोप

सफल खबर संवाददाता

शुक्रबार, १६ असोज २०७७, ०८ : ५६
वामपन्थी भन्ने शब्द प्रतिनै वितृष्णा पैदा गराउने काममा सरकार लागेको गम्भीर आरोप

काठमाडौं । देशमा कम्युनिष्ट सरकार भएपनि सरकारले कम्युनिष्ट चरित्र अनुसारको ब्यवहार देखाउन नसकेको भन्दै साना २० वाम पार्टीहरु एकै ठाँउ उभिएका छन् ।

देशब्यापी महाव्याधीको रुप लिदै गरेको कोभिडको समस्यामा सरकारले जनताको जीउधनको सुरक्षाबाट पन्छिने काम गरेको, राष्ट्रघाती एमसिसि सम्झौता कार्यान्वयन गर्ने दिशातिर गएको, दलित माथीको आक्रमण र विभेद नरोकिएको, बालिका बलात्कारका घटनामा राज्य मुकदर्शक बनिरहेको जस्ता आरोप लगाउदै त्यसका विरुद्ध एक गठ भएर सरकार विरुद्द आन्दोलन केन्द्रीत गर्ने उदेश्यले साना वाम पार्टीहरु एक गठ हुने निर्णय भएको हो ।

९ असोज २०७७ मा पहिले नै गठबन्धन बनाईसेकका साना वाम पार्टीले रविन्द्र श्रेष्ठले भर्खरै गठन गरेको नेपाल कम्युनिष्ट पार्टी (बोल्शेविक)लाई पनि गठबन्धनका सहभागी गराउने निर्णय गर्दै असोज १७ गते अन्र्तक्रिया गर्ने निर्णय गरेको छ । आफुलाई वामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन् झन् विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शब्द प्रतिनै बितृष्णा पैदा गराइरहेको भन्दै यो अवस्थामा २० वामपन्थी संगठनहरुको कार्यगत एकता गरेर समस्याको समाधानमा अन्र्तक्रिया गर्ने घोषणा गरेका हुन् ।

देशमा उत्पन्न समस्या र तिनको निकास” भन्ने विषयमा उनीहरुले बृहद् अन्तरकृया कार्यक्रम गर्ने बताएका हुन् । यसरी २० वाम पार्टीमा मोहन वैध (किरण) देखि मोहनविक्रम सिंह सम्मका पार्टी छन् ।

नेकपा (मसाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम्.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल)  समुहले कार्यगत एकता गर्ने निर्णय गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेलले जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस