भैरहवामा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १५ : २७
भैरहवामा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु

बुटवल । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सोमबार अस्पतालमा भर्ना भएका उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । गुरुङका अनुसार उनमा निमोनियाको समेत समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस