विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित १६ जना पक्राउ

शुक्रबार, ०८ मंसिर २०७४, १३ : ५७
विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित १६ जना पक्राउ

चितवन । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ ।

    उम्मेदवारी मनोनयनपछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताउनुभयो ।     निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने भन्दै सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस