प्रकाशको सम्झनामा प्रचण्डको भावुक मन्तब्य (पूर्णपाठसहित)

विहीबार, ०७ मंसिर २०७४, १५ : ०९
प्रकाशको सम्झनामा प्रचण्डको भावुक मन्तब्य (पूर्णपाठसहित)

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार निधन भएका पुत्र प्रकाश दाहालको निधनमा प्राप्त समवेदनाले आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् ।
बिहिबार लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तब्य दिँदै  प्रचण्डले सबैको साथले आफू र परिवारलाई एकमात्र पुत्र बियोगको पीडा सहन र पीडासँग लड्न  शक्ति मिलेको बताए ।
भावुक हुँदै आफ्नो मन्तब्य दिएका प्रचण्डले कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश ३६ वर्षको उमेरमा बिदा भएको भन्दै उनको ३६ वर्षको उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको बताए ।
आफ्नो सक्रिय राजनीतिका कारण लालनपालमा बाबुका रुपमा आफूले कहिल्यै प्रकाशमाथि न्याय गर्न नसिकेको पनि प्रचण्डले  उल्लेख  गरे ।
उनले केहिले प्रकाशलाई केबल प्रचण्डको छोरोको रुपमामात्रै सीमित गर्न खाजेको भन्दै  प्रचण्डले उनको योग्यता, भूमिका र क्षमताबारे कहिल्यै चर्चा नहुने गरेको गुनासो गरे ।
उनले मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँढा र आर्यघाटसम्म स्वतस्फूत रुपमा उर्लिएको जनसागरलाई प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको प्रचण्डले बताए ।
यस्तो छ प्रचण्डको भावुक मन्तब्यः

प्रतिक्रिया दिनुहोस