चितवन । चितवन–२ बाट प्रतिनिधीसभातर्फ बाम गठबन्धको साझा उम्मेद्वार कृष्णभक्त पोखरेल र प्रदेशसभातर्फका घनश्याम दाहाल काउले क्षेत्रमा भोट माग्न ब्यस्त छन् । बुधबार काउले पुगेका पोखरेलले आगामी पाँच बर्षमा काउले क्षेत्रका अधुरा काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार इच्छाकामना गाउँपालिका–१ हात्तिबाङ, तल्लो काउले, मायाटार लगायतका क्षेत्रमा मतदातासँग भेटद्ै पोखरेलले गत ४ बर्षको अवधिमा आफुले सकेको काम गरेको बताए । पोखरेल यसअघी संविधानसभाको सदस्य थिए । ‘यस क्षेत्रमा अझै केही काम गर्न बाँकी छ’ उनले भने, ‘बाँकी काम मेरै नेतृत्वमा पुरा गर्ने छु ।’
अघिल्लो पटक सांसद हुँदा पोखरेलले सो क्षेत्रमा बिजुली, ग्रामिण सड्क तथा खानेपानीको समस्या समाधान गरेका थिए । उनको कामबाट प्रभावित भएर स्थानियले यसपटक पनी जिताउने बाचा गरेको नेकपा एमालेका जिल्ला सचिवलय सदस्य घनश्याम भट्टराईले जानकारी दिए ।
चितवन पोष्टका अनुसार बाम गठबन्धन तथा नेकपा (माओावदी केन्द) क्षेत्र नम्बर–२ (क)का उम्मेद्वार घनश्याम दाहालले काउले क्षेत्रको विकासका लागी आफु लागिपर्ने बताए । विकासका लागी कोही मान्छे त्यहि क्षेत्रको हुनु नपर्ने उल्लेख गर्दै उनले भने, ‘इच्छा, चाहना र प्रतिवद्धता भएमा जुनसुकै क्षेत्रको विकास गर्न सकिन्छ ।’ पहाडका मुल समस्याहरुसँग आफु परिचीत रहेको दाहालको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस