सेभिल्लाले चुम्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी

शनिबार, ०६ भदौ २०७७, ०९ : ०१
सेभिल्लाले चुम्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी ।  सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब जितेको छ ।  जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो । 

सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एकरएक गोल गरे पनि जितका लागि पर्याप्त भएन । कोलोग्ने स्टेडियममा खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए पनि त्यो ६ मिनेटभन्दा बढी टिक्न सकेन ।

१२औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १-१ गोलको बराबरीमा ल्याए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए । ३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २(१ को अग्रता दिलाए । ३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २–२ गोलको बराबरीमा पुर्‍याए ।

खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३-२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो । यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

प्रतिक्रिया दिनुहोस