पाकिस्तानी प्रधानमन्त्री काठमाडौं आउँदै

आइतबार, २० फागुन २०७४, १४ : ५४
पाकिस्तानी प्रधानमन्त्री काठमाडौं आउँदै

काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी काठमाडौं आउने भएका छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्नेछन् ।  भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने जनाइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस