सडक दुर्घटनामा परी सिरहामा छ महिनामा ३३ जनाको मृत्यु

आइतबार, २० फागुन २०७४, १२ : ३१
सडक दुर्घटनामा परी सिरहामा  छ महिनामा ३३ जनाको मृत्यु

लहान । चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् ।

साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो ।

सो अवधिमा १८८ वटा सडक दुर्घटनामा परी १७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए । सबैभन्दा बढी १२० वटा मोटरसाइकल दुर्घटना भएको थियो । सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्बाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडाल बताउनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस