एजेन्सी । युरोपा लिग फुटबलको फाइनलमा इटालियन क्लब इन्टर मिलान प्रवेश गरेको छ । सोमबार राति भएको सेमिफाइनलमा शाख्तर डोनेस्कमलाई ५–० को फराकिलो अन्तरले जित निकाल्दै इन्टर मिलानले फाइनलमा प्रवेश गरेको हो ।
इन्टर मिलानले आउँदो शुक्रबार उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा इन्टर मिलानले पहिलो हाफमा एक गोल गरे पनि दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । उसकाका लागि रामेलु लुकाकु र लौतारो मार्तिनेजले दुई–दुई गोल गरे । यस्तै डानिलो डी’एमब्रोसिओले एक गोल गरेका थिए ।
१९ औँ मिनेटमा मार्तिनेजले गोल गरेर इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा डानिलोले गोल गरी अग्रता दोब्बर पारे । मार्तिनेजले ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि लुकाकुले लगातार दुई गोल गरेका हुन्। उनले ७८ र ८३ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलान ५–० ले विजयी भयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ भदौ २०७७, ०७ : ५०
लेखकबाट थप