ओलीले भने– म देश चलाउने ड्राइभर हुँ

बुधबार, ०६ मंसिर २०७४, १७ : ११
ओलीले भने– म देश चलाउने ड्राइभर हुँ

बुटबल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू देश चलाउने  ड्राइभर भएको बताएका छन् ।

 आज बुटवलमा  भएको चुवानी सभालाई सम्बोधन गर्दै ओलीले  आफूले कुनै विश्व विद्यालयबाट उपाधि  नपाएको भए पनि देशको माटो  सुहाउदो  काम गर्ने सक्ने डाईभर भने भएको बताए ।

 पूर्व अर्थमन्त्री  विष्णु पौडेलको उदाहरण दिँदै उनले भने, ‘पौडेलजी कुनै अर्थशास्त्र बिषयको क्यापसमा पढाउने  र पुरै अर्थशास्त्रको ज्ञाता होइन । तर उहाँले देशको सिक्स लेन सडक तथा  विद्युत बनाउन सक्ने क्षमतको नेता हो ।’

  पौडेलजस्तै आफू पनि  ठुलो अर्थशास्त्री नभएको तर नेपालको माटो सुहाउदो व्यवस्थापन गर्न सक्ने सफल डाईभर भएको उनको भनाई छ ।
 देश चलाउनको लागि  आफूसँग पर्याप्त  सिप भएको ओलीको दाबी छ ।

काँग्रेसप्रति आक्रामक बनेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा ४६ को आन्दोलनमा लण्डनमा लुकेर बसेको आरोप समेत लगाए ।  

उनले भने , ‘४६ सालको आन्दोलनमा  म बुटवलमा थिएँ, शेरबहादुरजी कहाँ हुनुहुन्थ्यो  तपाईहरु थाहा  छैन होला । म भन्छु उहाँ लण्डनको गल्मीमा हुनुहुन्थ्यो  ।’

वामगठबन्धनको उक्त सभामा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने सहभागि भएनन् । उनको सट्टा  महासचिव रामबहादुर थापा बादल सहभागि भए ।
सो  सभामा  थापाले अब वामपन्थीको सरकारले समाजबाद ल्याउन दाबी गरे ।

प्रतिक्रिया दिनुहोस