सुनिल थापा कांग्रेसमा प्रवेश गर्दै

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १५ : ५१
सुनिल थापा कांग्रेसमा प्रवेश गर्दै

काठमाडौँ । राप्रपाबाट राजीनामा दिएका पूर्वमहामन्त्री सुनिल थापासहित केही नेताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । 

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलसहित ३१ जनाले शनिबार राप्रपामा राजीनामा बुझाएका थिए। थापाले कांग्रेसमा महामन्त्री पद माग गरेका छन् भने अन्य केही नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग उनको छ । 

नेपाली कांग्रेसले थापालाई के पद दिने भन्नेबारे टुङ्गो लागेको छैन । सभापति देउवालगायतले थापालाई सहमहामन्त्री पद दिन सकिनेमा छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस