सामाजिक संजालमा जथाभावी लेख्दै हुनुहुन्छ, सावधान ? गइएला जेल

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १० : ५९
सामाजिक संजालमा जथाभावी लेख्दै हुनुहुन्छ, सावधान ? गइएला जेल

काठमाडौं । अनलाइन र फेसबुक लगायतका सामाजिक संजालहरुमा मनलागी लेख्ने र सेयर गर्ने गर्दैै आउनुभएको छ, होसियार हुनुस । प्रहरीको फन्दामा परिएला । ईन्टरनेटको माध्यमले सामाजिक संजालको दुरुपयोग गर्दा साइबर अपराधलाई बढाएको छ । यससँगै जेल जाने क्रम पनि बढेको छ ।

काठमाडौं जिल्ला अदालत साइबर अपराधसम्बन्धी मुद्दा हेर्ने एक मात्र निकाय हो । यही अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासबाट असार २९ गते यस्तै सामाजिक संजालको दुरुपयोग गर्ने एक जनालाई साइबर अपराधको मुद्धामा जेल चलानको आदेश दिएका छन् । आरोपित उनले दुर्गादत्त बाँस्तोलाको फेसबुक पेजबाट समाजमा अराजकता, हिंसा, राजनीतिक उत्तेजना र नकारात्मक भ्रम फैलाउने गरी अश्लील शब्दहरू प्रयोग गरेको पाईएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

प्रहरीको दाबी अनुसार उनको मुद्धा हेरेकी सरकारी वकिल सविता भट्टराईले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४० उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा ४७ बमोजिम सजायँ मागदाबी गर्दै प्रयोग भएको मोबाइल जफत गरी निजलाई पाँच वर्ष जेल र एक लाख जरिवानाको मागदाबी लिएकी थिइन् । 

आरोपित व्यक्तिले सामाजिक संजाल फेसबुमा सरकार विरोधी लेखहरू पोष्ट गरेको, राष्ट्रपति तथा प्रधानमन्त्रीको चरित्रमा आँच आउने गरी अश्लील शब्दहरु प्रयोग गर्दैै विभिन्न तस्वीरहरु पोष्ट गर्दै शेयर गरेका थिए । प्रहरी र सरकारी वकिले तत्काल प्राप्त प्रमाणहरूको आधारमा प्रतिवादी बाँस्तोलालाई निर्दोष मान्न नसकिने अवस्था देखिएको उल्लेख गर्दै भनेको छ–‘थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न कारागार कार्यालय, जगन्नाथदेवल पठाउने गरी सोही संहिताको दफा ७९ बमोजिम आदेश भएको छ ।’ साथै, अभियोगसाथ दाखिल भएको मोबाइललाई जिन्सीमा आम्दानी बाँध्न आदेशसमेत दिइएको छ । 

प्रविधिमा पहुँच सजिलो भएसँगै अहिले साईक्रम क्राईमको अपराध ह्वात्तै बढेको छ । युवतीको नाममा फेसबुक आइडी बनाउने अनि सोझासाझालाई विभिन्न प्रलोभन देखाई ठग्ने क्रम पनि केही समय यता बढेको प्रहरीको भनाई छ । प्रेमको नाममा अश्लील तस्वीर पठाउन लगाउने र सम्बन्ध बिग्रिएपछि त्यही तस्वीरको माध्यमबाट ब्लेकमेल गर्नेहरुको संख्या पनि अत्याधिक बढेको प्रहरी अधिकारीहरुको बताउछन् ।

साईबर क्राईमका प्रहरीहरुले यस्ता गतिविधी गर्नेहरुले प्रविधि प्रयोग गरेर गरिएकोले कसैले थाहा नपाउने भ्रम पनि कतिपयमा पाउने गरेको अुनभव सुनाउछन् । उनीहरुले यि यस्ता साईबर क्राईमबाट सबैलाई जोगिन पनि अनुरोध गरेको छ ।  (जनआस्था साप्ताहिकबाट)
 

प्रतिक्रिया दिनुहोस