काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६÷७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस ९रिसवत० लेनदेनका २०६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ ।
यसैगरी, सार्वजनिक सम्पत्ति हिनामिनाका ७४, गैरकानुनी लाभहानिका ३६, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ तथा विविधका १० वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
अख्तियारले अकुत सम्पत्ति आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार आव २०७६÷७७ मा आयोगमा २४ हजार ८ सय ९० उजुरी दर्ता भएको थियो । १६ हजार ५ सय ८६ वटा उजुरी फछ्र्योट भएको र १ हजार १ सय १४ को विस्तृत अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले दर्ता गरेकामध्ये १ करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ । ३ वैशाख २०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत एक्सरे प्राविधिक राजकुमार ढकालविरुद्ध २ करोड २ हजार ८ सय रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता ग(यो ।
अख्तियारले उनीसहित सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती निरजरा घिमिरेलाई मुद्दामा प्रतिवादी बनाएको छ । उनको जग्गा लुकाएका राममणि लामिछानेले अनुसन्धानमा सहयोग गरेकाले सहुलियत पाएका छन् । ढकालले आफ्नी श्रीमतीको नाममा घरजग्गा खरिद र बैंक खातामा रकम राखेको भेटिएको थियो ।
त्यस्तै, ३० असारमा अख्तियारले शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ साउन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा
अख्तियारकी आयुक्त अमात्यको घरमा महानगरले चलायो डोजर
अख्तियारको त्रास देखाउँदै जिम्मेवारीबाट पन्छँदै
घुस लिँदालिँदै पक्राउ परेका अमिन ढकाललाई अख्तियारले हाल्यो मुद्दा
टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन