शी जिन पिङलाई २०२३ पछि पनि राष्ट्रपति बनाउने तयारी

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : ०७
शी जिन पिङलाई २०२३ पछि पनि राष्ट्रपति बनाउने तयारी

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले एक व्यक्तिले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको धारा हटाउने प्रस्ताव गरेको छ । कम्युनिष्ट पार्टीको प्रस्ताव पारित भए चीनका वर्तमान राष्ट्रपति शी जिनपिङ आफ्नो कार्यकाल पछि पनि पदमा रहिरहने छन् ।

उनले सन् २०२३ पछि पनि राष्ट्रपति पदमा वहाल रहिरहने मनसाय बनाएको आंकलन गरिएको छ । चीनमा दिवंगत नेता माओ त्सेतुंगपछि पार्टी कांग्रेसले गत वर्ष शी जिनपिंगलाई सबैभन्दा शक्तिशाली नेता मानेको थियो ।

उनको विचारधारालाई पार्टी कांग्रेसका दौरान पार्टीको संविधानमा समावेश गरिएको थियो भने शी जिनपिंग उत्तराधिकारीमा कसैलाई चुनिएको पनि थिएन् । सन् १९५३ मा जन्मिएका शी जिनपिङका पिता कम्युनिस्ट पार्टीका संस्थापक नेताहरु मध्यका एक थिए । शी जिनपिंग सन् १९७४ मा कम्युनिष्ट पार्टीका सहभागि भएका थिए । सन् २०१३ मा चीनको राष्ट्रपति बन्नु भन्दा अगाडि नै उनले पार्टीमा बलियो पटक बनाई सकेका थिए ।

शी जिनपिंगको कार्यकालमा आर्थिक सुधार, भ्रष्टाचार विरुद्ध अभियान र राष्ट्रवादमा नयाँ शुरुआत देख्न पाइएको छ । उनको कार्यकालमा मानवाधिकारमाथि दमन पनि देखिएको छ ।

के हो नयाँ कदम ?
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले आइतबार यसका बरेमा जानकारी दिएको छ । उसले आफनो रिपोर्टमा भनेको छ, “चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समिलिे उक्त धारालाई हटाउने प्रस्ताव गरेको छm जुन  चीनियाँ जनवादी गणराज्यका राष्ट्रपति र उप–राष्ट्रपतिलाई लगातार दुई कार्यकालभन्दा अधिक सेवा गर्ने मौका दिँदैन् ।’’
 घोषणा अत्यन्तै सावधानीपूर्वक गरिएको छ । किनकी चीनियाँ नागरिक सोमवार चीनियाँ नयाँ वर्ष मनाएपछि काममा फर्किने छन् । शीतकालीन ओलम्पिकको समापन समारोहमा पनि चीन केन्द्रमा छ, किनकी दक्षिण कोरिया पछि २०२२ मा बेईजिङमा यो खेल हुने भएको छ ।
पार्टीका केन्द्रीय समितिका वरिष्ठ नेता सोमवार बेइजिङमा एक बैठक गर्न गइरहेका छन् । संसदमा जानु अघि उक्त प्रस्ताव ६ मार्चबाट सुरू हुन गइरहेको नेशनल पीपल्स कांग्रेसमा राखिने बताइएको छ ।

१९९० मा समाप्त भएको थियो प्रावधान
चिनियाँ कम्युनिष्टको संविधानमा मौजूदा प्रावधान अनुसार शी जिनपिङले २०२३ मा पद छाड्नु पर्ने छ । १० वर्षसम्म पदमा बहाल रहने परम्परा १९९० मासुरु भएको थियो । त्यो बेला दिग्गज नेता डेंग जियाओपिंगले अराजकता दोहो¥याउनबाट बच्ने माग गरेका थिए । त्यस पछि माओभन्दा अघि र पछिको युग मानिन्छ ।

शी जिनपिंगभन्दा अगाडिका दुई जना पूर्व राष्ट्रपतियहरुले यसै उत्तराधिकारको घोषणाको पालना गरे पनि जिनपिङ २०१३२ मा शक्तिमा पुगेपछि उनले आफ्नै नियम लेख्ने तत्परता देखाएका छन् । जिनपिङ कहिलेसम्म सत्तामा रहन्छन् भन्ने निश्चित नभएपनि चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ सम्पादकीयमा परिवर्तनको अर्थ राष्ट्रपतिको आजीवन कार्यकाल रहने भन्ने नभएको स्पष्ट गर्न खोजिएको छ ।बीबीसी

प्रतिक्रिया दिनुहोस