एक महिलाको शव फेला

मंगलबार, ०५ मंसिर २०७४, १६ : ५२
एक महिलाको शव फेला

 सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा आज शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।  

अन्दाजी ३०/३५ वर्षकी ती महिलाको पहिचान हुन नसकेको र यस बारेमा तीव्ररुपमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस