प्रधानमन्त्री लाई ओलीको प्रश्न, - बम र ग्रिनेड पड्किदाँ के हेरेर बसेको छ सरकार ?

मंगलबार, ०५ मंसिर २०७४, १२ : ३६
प्रधानमन्त्री लाई  ओलीको प्रश्न, - बम र ग्रिनेड पड्किदाँ के हेरेर बसेको छ सरकार ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर भइरहेको बिष्फोटको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा अध्यक्ष ओलीले शान्ति सुरक्षा कायम गराउने सवालमा गम्भीर बन्न सचेत समेत गराए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना प्रकट गर्न लाजिम्पाट पुगेका अध्यक्ष ओलीले दाहाल निवासमै भेटिएका प्रधानमन्त्री देउवालाई यस बिषयमा गम्भीर चासोसहित कुरा राखेको निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले जानकारी दिए ।

“केटाकेटीले गुलेली चलाए जसरी बम र ग्रिनेड पड्किदाँ सरकार के हेरेर बसेको छ भन्दै ध्यानाकर्षण गराउनुभएको हो,” उनले भने ।
 

प्रतिक्रिया दिनुहोस