काठमाडौँ । शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र बसेर एक जीवाणुुसँगको हतियारविहीन लडाइँमा छन् । यो भाइरस र एकान्तबासको अवस्था कहिले हटेर जान्छ थाहा छैन ।
विज्ञका अनुसार यसको असर दुई वर्षसम्म रहन सक्छ । यस्तो अवस्थामा कोरोना कहरपछि विश्वका मानिसको आनीबानी, सामाजिक जीवनका व्यवहार र शैली कस्तो होला ? अनुमान भइरहेका छन् । कोरोना महामारी सकिए पनि यसले मानिसको जीवनमा लामो समय असर रहने पक्का छ । अहिले मानिसले चर्चा गरिरहेका विषयमा संस्कार तथा वित्तीय व्यवहार छन् ।
अभिवादन नमस्ते
महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ ।
यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गर्नुभयो । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गर्नुभयो । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ? विद्वान्बीच चर्चा भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० बैशाख २०७७, ०६ : ५७
लेखकबाट थप