लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने

सफल खबर संवाददाता

विहीबार, १८ बैशाख २०७७, १९ : १०
लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने

काठमाडौं । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । 

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् । 

कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस