वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०७७, १९ : १८
वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकलेलकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना भाइरस  संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले सफल खबरलाई जानकारी दिए । 

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरेको छ ।

कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस