इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण

बुधबार, ०५ चैत्र २०७६, ०८ : ३७
इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । युभेन्ट्सले माटुइडीलाई कोरोना भाईरस पुष्टि गरेको हो । युभेन्ट्सका ३२ बर्षीय माटुइडी युभेन्ट्सका प्ले मेकर हुन् ।

उनको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो । माटुइडीलाई अहिले आइसोलेसनमा राखिएको पनि युभेन्ट्सले जनाएको छ । युभेन्ट्समा कोरोनाको संक्रमण देखिने माटुइडी दोस्रा खेलाडी हुन् ।

यसअघि रक्षक ड्यानियल रुगानीलाई कोरोनाको संक्रमण भएको थियो । चीनबाट फैलिएको कोरोनाको महामारीले अहिले सबैभन्दा बढी आक्रान्त इटालीलाई बनाएको छ ।

प्रतिक्रिया दिनुहोस