२० हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०३ चैत्र २०७६, १७ : ५९
२० हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

प्रतिकात्मक फोटो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाश प्रसाद दाहाल २० हजार घुससहित पक्राउ परेका छन् । 

 नयाँ क्षमता बृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रकृया अगाडि बढाउँदा अनेक बहानाबाजी गरी घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई घुस लिइसकेको अबस्थामा कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस