एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि नै दिन प्रति दिन बढ्दै गएको छ । यसको संक्रमण हाल सम्म ७३ भन्दा बढी देशमा पुगेको छ भने यो रोगकै कारण अकालमा मृत्यु हुनेको संख्यामा पनि ३ हजार ५६ पुगेको छ भने संक्रमितको संख्या ८९ हजार ५ सय २७ पुगेको छ । ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
कोरोनाको संक्रमण चिनमा घटेपनि अन्य मुलुकहरुमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा चीनबाहिर ९ गुणाले संक्रमण बढेको जानकारी दिएको छ । साउदी अरेयिबा, जोर्डर्न ट्युनिसियाले सोमबार पहिलो संक्रमणको पुष्टि गरेका छन् ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार भने पछिल्लो समय चीनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । सोमबार थप १२५ जनामा मात्रै कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य आयोगले जानकारी दिएको छ । आइतबार २०२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार थप ३२ जनाको मृत्यु भएको स्वास्थ्य आयोगले जनाएको छ ।
मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै ८० हजार एक सय ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार निको भएको र ६ हजार ८ सय ६ जना गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । चीनबाहिर कोभिड–१९ का कारण सबैभन्दा बढी इरानमा ६६ पुगेको छ । मंगलबार बिहानसम्म इरानमा संक्रमितको संख्या एक हजार ५ सय १ पुगेको छ ।
त्यस्तै युरोपेली मुलुकमा इटालीमा ५२ जनाको मृत्यु भएको छ भने दुई हजार ३६ जनामा संक्रमण देखिएको छ ।चीनबाहिर सबैभन्दा बढी संक्रमण भने दक्षिण कोरियामा देखिएको छ । मंगलबार बिहानसम्म दक्षिण कोरियामा ४ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ । त्यस्तै जापानमा १३ जना(डायमन्ड प्रिन्सेस पानीजहाजमा ७) को मृत्यु भएको छ । पानीजहाजमा ७०५ समेत गरी जापानमा ९ सय ७९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै फ्रान्समा ३, हङकङमा २, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ६ पुगेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएको हो ।
सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।
सोमबार बिहानसम्म अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट