विराटनगर । मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फिटनेश एशोसिएसनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमलेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने उद्देश्य तथा हजारौँ युवायुवतीलाई खेलप्रति आकर्षित गराउन सहयोग पु¥याउने आयोजनाको भनाइ छ ।
खेल र खेलाडीलाई प्रोत्साहित गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने भएको हो । यही फागुन २४ गते शुरु हुने सो खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी हुन भनिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस