विरोधपछि प्रदेश सभामा मधेशी शहिदको तस्विर

सोमबार, २९ माघ २०७४, १४ : १६
विरोधपछि प्रदेश सभामा मधेशी शहिदको तस्विर

प्रदेश दुई को प्रदेशसभा बैठक कक्षमा जनआन्दोलनका शहीदको तस्विरमात्र राखेर मधेश आन्दोलनका शहीदको अपहेलना गरेको भन्दै मधेशवादी दलले आपत्ति जनाएपछि बैठक कक्षमा फोटो टाँगिएको छ ।
प्रदेशसभाको पहिलो बैठकमा मधेश आन्दोलनका शहीदको फोटो नराखिएको भन्दै मधेशवादी दलका सांसद अवरोध गरेका थिए ।
सभामुख लगनलाल चौधरीले अर्को बैठकमा मधेश आन्दोलनका शहीदको फोटो पनि राख्न रुलिङ गरे बमोजिम सोमवार प्रदेशसभा बैठक बस्नुअघि कर्मचारीले शहीदको फोटो व्यवस्था गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस