गोरखामा श्रीमान र श्रीमतीको केहीबेरको अन्तरालमा मृत्यु

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, २१ : २२
गोरखामा श्रीमान र श्रीमतीको केहीबेरको अन्तरालमा मृत्यु

काठमाडौँ । गोरखामा एक अनौठो घटना भएको छ । एक दम्पत्तिको केही घण्टाको अन्तरालमा मृत्यु हुन पुगेको छ । गोरखाको फुजेलमा श्रीमतीको मृत्यु भएको करिव ४० घण्टापछि श्रीमानको पनि मृत्यु भएको हो ।

गोरखाको गण्डकी गाउँपालिका वडा न ३ की दयन्ति अम्गाईकोे सोमवार विहान ३ बजे मृत्यु भएको थियो । उनको मृत्युको शोकमा परेका उनका पति ९२ वर्षीय कर्णखर अम्गाईको पनि मंगलवार राति ९ बजे मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

श्रीमान–श्रीमती दुबैको स्थानीय बुढीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ। अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस