विद्यार्थीलाई बिषादीरहित खाद्य उत्पादन सचेतना

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १७ : ०२
विद्यार्थीलाई बिषादीरहित खाद्य उत्पादन सचेतना

चितवन । कालिका नगरपालिकाभित्रका १२ वटा विद्यालयका जनसंख्या स्वास्थ्य पढाउने शिक्षकहरुले समुह गठन गरी विद्यार्थीलाई बिषादीरहित खाद्य उत्पादन र प्रवद्र्धनका बारेमा सचेतना प्रदान गरिरहेका छन् ।

केहि समय अगाडि यहाँका माध्यामिक विद्यालयमा जनसंख्या स्वास्थ्य पढाउने शिक्षकहरुलाई नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बिषादीरहित उत्पादनको बिषयमा तिनदिने तालिम प्रदान गरेको र त्यो तालिम पश्चात आफुहरुले कालिका एग्रो सोसाइटी नामक संस्था स्थापना गरि विद्यार्थी लक्षित बिभिन्न कार्यक्रम सञ्चालन गरेको कालिका एग्रो सोसाइटीका सचिव  तथा सिद्धिबिनायक आवासीय माविका शिक्षक साजन थापामगरले  बताउनु भयो ।

विद्यार्थीलाई अर्गानिक उत्पादनसंगै जैबिक बिषादी बनाउने र प्रयोगका बिषयमा पनि ज्ञान दिने गरेको उहाँको भनाई छ । बिषादीका कारण मानव तथा जीवजन्तु, जलचर, थलचर, किरा, फट्यांग्रामा पर्ने असर र त्यसले पर्यावरणमा पार्ने प्रभावका बारेमा शिक्षकहरुले विद्यार्थीहरुलाई सचेत गराएका छन् । 

प्रतिक्रिया दिनुहोस