उदयपुर । उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका नेकपाका एक केन्द्रीय नेता सहित दुईजना पक्राउ परेका छन् ।
जिल्लाको कटारी नगरपालिका–६ रिस्कु धप्परबाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको षडानन्द नगरपालिका १३ निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिर बहादुर बुढामगरले जानकारी दिए ।
प्रहरीका अनुसािर उनीहरुको साथबाट नेपाल टेलिकमको सिम थान २२ , एनसेलको सिम थान १६, स्मार्ट मोमाईलको सिम थान १, स्काई सिम थान १ र नगद ३२ हजार ९०० बरामद गरिएको छ । राई र थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी आवश्यक अनुसन्धान भईरहेको छ ।
यसअघि पनि राईलाई बम बिष्फोट र थापालाई सार्वजानिक मुद्दामा पक्राउ गरेर छोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०७६, २२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विप्लव’ले बोलाए समाजवादी मोर्चाको बैठक
विप्लवको नेतृत्वमा रोपाइँ महोत्सव
जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताले पनि क्षतिपूर्ति पाउनुपर्छ : विप्लव
‘नेताहरुले श्रम गर्न छोडे, चन्दाको पछि दौडे’ : विप्लव
जनकम्युन अवलोकनका लागि विप्लव चितवनमा
माधव नेपाल र नेकपा महासचिव विप्लवबीच भेट