आइसिसी विश्व क्रिकेट लिग : नेपाल र ओमान आज भिड्दै

शुक्रबार, २६ माघ २०७४, ११ : ४१
आइसिसी विश्व क्रिकेट लिग : नेपाल र ओमान आज भिड्दै

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा शुक्रबार ओमानको सामना गर्दैछ । नामिबियाको विन्डहकस्थित अफीज पार्कमा खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुने छ ।
खेल नामिबियाको डब्लुएपी मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

यसअघि यही मैदानमा हिजो भएको खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको थियो। ओमान भने पहिलो खेलमा क्यानडासँग पराजित भएको थियो। ओमानलाई क्यानडाले ८ विकेटले हराएको थियो।

शुक्रबार नै नामिबिया र केन्या तथा युएई र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ। डिभिजन तीनको च्याम्पियन बन्दै ओमान डिभिजन दुई खेल्न आइपुगेको हो । नेपाल भने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा साँतौ हुँदै डिभिजन दुईमा घटुवा भएको हो ।

पहिलो खेलमा बिहीबार नेपालले नामिबियामाथि ४ बल बाँकी छदा एक विकेटको जित हात पारेको थियो । यता, ओमान डिभिजन तीनमा उ भन्दा पछि रहँदै डिभिजन दुईको यात्रा तय गरेको क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो ।

क्यानडाले ओमानलाई फराकिलो अन्तरले पराजित गरेका कारण अंकतालिकामा शीर्ष स्थान हासिल गरेको छ। समान २ अंक भएका यूएई दोस्रो र नेपाल तेस्रौ स्थानमा छन् । आयोजक नामिबिया चौथो, केन्या पाँचौ र पुछारमा छ ।

नेपालले उपाधि उचालेको सन् २०१३ को डिभिजन तीनमा पछिल्लोपटक एकदिवसीयमा ओमान र नेपाल आमने सामने भएका थिए ।

लिगचरणमा भएको खेलमा नेपालले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १ सय ३२ रनमै समेटिए पछि नेपालले खेल २८ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस