‘सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती’ :  नेकपा अध्यक्ष प्रचण्डको उधौलीमा शुभकामना

सफल खबर संवाददाता

विहीबार, २६ मंसिर २०७६, ०९ : ०७
‘सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती’ :  नेकपा अध्यक्ष प्रचण्डको उधौलीमा शुभकामना

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले किराँत समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

शुभकामना संदेश जारी गर्दै अध्यक्ष प्रचण्डले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्नुका साथै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रबद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको बताएका छन् ।

शुभकामना संदेशमा भनिएको छ–‘सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र हाम्रो पार्टीको स्पष्ट रणनीति रहेको छ । नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन् । सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’ 

नेकपा पार्टी कार्यालयले जारी गरेको संदेशमा प्रचण्डले यो पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस