वडा अध्यक्ष चेपाङमाथि भएको दुव्र्यबहारको भत्र्सना

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, १७ : २३
वडा अध्यक्ष चेपाङमाथि भएको दुव्र्यबहारको भत्र्सना

चितवन । जिल्ला समन्वय समिति चितवनले इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको घटनाको घोर भत्र्सना गरेको छ । 
जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोषी जो कोही भए पनि कानुनी दायरमा ल्याई कडा भन्दा कडा कारवाही गरी पीडितलाई न्यायको अनुभुति गराउन जिम्मेवार निकायसँग माग गरेका छन् । 
‘जनताको प्रतिनिधिको रुपमा कार्यरत रहँदाकै अवस्थामा जनतालाई चुस्तदुरुस्त सेवा प्रदान गर्ने ध्येयका साथ कार्यालय व्यवस्थापनको सन्दर्भमा चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको जघन्य अपराधिक कार्यको घोर भत्र्सना गर्दछा,ैं जारी विज्ञप्तीमा भनिएको छ । कालोमासो दल्ने, कुटपीट गर्ने र अपशब्द बोलेर गाली समेत गरिएको यस घटना सवै कोणबाट भत्र्सना गर्न लायकको रहेको विज्ञप्तीमा उल्लेख छ । 
जनप्रतिनिधिमाथि हुने हिंसात्मक र अपराधिक कार्यले कोही कसैलाई पनि फाइदा नगर्ने प्रमुख डल्लाकोटीले बताए । 

प्रतिक्रिया दिनुहोस