अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा ह्वीलचियर वितरण

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १६ : २०
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा ह्वीलचियर वितरण

चितवन । २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा ह्वीलचियर वितरण गरिएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउनले उपलव्ध गराएको ह्वीलचियर अपाङ्ग जागरण अभियान चितवनले कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । 

ह्विलचियर वितरण कार्यक्रमको अध्यक्षता अपाङ्ग जागरण अभियान चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले गर्नुभएको थियो । उहाँले हिड्न नसक्नेहरुलाई ह्वीलचियरले ठूलो मद्दत हुने बताउनुभयो । कार्यक्रमको प्रमुख आतिथ्यता रोटरी क्लबका डिष्ट्रिक ३२९२ जोन २३ का एजी चन्दमान श्रेष्ठले गर्नुभएको थियो । 

प्रमुख अतिथि श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विलचियर वितरण गरिएको बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष आशिष भट्टराई, भरतपुर आँखा अस्पतालकी छायाँ श्रेष्ठलगायतले अपाङ्गलाई ह्वीलचियर वितरण गरेका थिए । 

यसैबीच सोही कार्यक्रममा १० दिनको सिलाइकटाइ तालिमको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा सिलाई मेशिनसमेत नारायणी मिड टाउनले अपाङ्ग जागरण अभियानलाई उपलव्ध गराएको छ । अपाङ्गहरुको हकहितको लागि अपाङ्ग जागरण अभियान २०६१ साल पुस १ गते स्थापना भएको संस्था हो ।


 

प्रतिक्रिया दिनुहोस